Breaking News
Loading...
Sunday, October 6, 2013




अब भाडामा हैन आफ्नै भवनमा


रोल्पा जिनावाङ्ग(५,झ्यामका सामान्य परिवारका वालवालीका ४५ मिनेटको दुरी पार गरी आधारभुत तथा प्राथामिक शिक्षा अध्ययन गर्न सल्यान जिल्लाको दमाचौर गाबिस वडा नं. ९ मा रहेको बिद्यालयमा जान वाध्य थिए ।
स(साना उमेरका वालवालिका लाई परिावारका सदस्यहरुले टाढा बिद्यालय भएकोमा पठाउन नमान्ने, भने पठाइएका वालवालीका पनि नियमित बिद्यालय जान नसक्न,े नियमित बिद्यालयमा नगएकै कारण कक्षा दोहोर्याउनु पर्ने र बिचैमा कक्षा छेड्ने जस्ता समस्या जगजाएर रहेको थियो ।
युद्धकालिन समयमा तत्काली बिद्रोही नेकमा माओवादी र नेपाली सेना बिच  सल्यान जिल्लाको बुरासेमा १८ घण्टा सम्मको लामो लडाईमा सोहि स्थानमा रहेको  बिद्यालयलाई उपचार केन्द्रको रुपमा प्रयोग गरिएको र सो गाउमा घर टहराहरु आगलागी गराउदा गाउ अशान्तिमय भएको कारण बिद्यार्थी बिद्यालय जान डाराउन थाले भने अको बारम्वार युद्ध क्षेत्रको रुपमा प्रयोग गरिने बस्तीमा बिद्यालयमा अभिभावकले बिद्यार्थी पठाउन डर मानी पठाउन नै छाडे ।
रोल्पा जिनावाङ्गका केहि स्थानिय बुद्धिजिबीहरुको भेला सम्पन्न गरि आफ्ना वालवालीकालाइ अध्ययनको वातावरणको लागी अनौपचारीक रुपमा बि.स २०६२ मा बिद्यालयको स्थापना गरे । सामान्य टहरामा  बिद्यालयमा पठनपाठन सुरु गरियो भने बिद्यालयलाई बैद्यानिकता दिन जिल्ला शिक्षा कार्यालयमा जान नदिई नेकपा माओवादीले चलाएको स्थानिय जन सरकारको माथहतमा बिद्यालय रहेको थियो ।
बिद्यालयमा भौतिक पूर्बाधार राम्रो नभएको कारण पठनपाठन राम्रो हुन सकिरहेको थिएन । आर्थिक अभावको पिडा त्यतिकै रहेको बिद्यालयलाई सहज तरिकाले संचालन गर्न भवन भाडामा लिई  जिल्ला शिक्षा कार्यालयमा बि.स. २०६५ मा निबेदन पेश गरे ।  जिल्ला शिक्षा कार्यालय रोल्पाले बि.स. २०६६ सालमा बिद्यालयलाई अनुमति प्रदान गरेता पनि अन्य सेवा सुबिधा भने  प्राप्त गर्न सकेको थिएन ।
जिल्ला सदरमुकाम देखी करिब ३० कोष टाढा स्थापना गरिएको श्री खकेन्द्र प्राथामिक बिद्यालयमा झ्याममा छात्रा २९ र छात्र ३३ गरि जम्मा ६२  जना वालवालीकाले अध्ययन गर्दै आएका थिए । निजि स्रोत बाट शिक्षक बेहोनु पर्ने, बिद्यालय भवनमा खर्चिलो भाडा तिर्नुपर्ने तथा शैक्षिक ब्यवस्थापनमा आर्थिक भार तथा बिद्यालयमा शैक्षिक क्रियाकलापमा रहेको दर्दनिय अवस्थामा कुनैपनि सरकारी तथा गैर सरकारी निकायएको पनि नजर पुग्न सकिरहेको थिएन ।
त्यहाका स्थानिय वासीहरुले बि.स. २०६८÷१२÷१६ मा जिल्ला मा करिब एक दशक भन्दा लामो समय देखी क्रियाशिल नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.)  जिल्ला जिल्ला कार्यालय रोल्पामा आवश्यक कागत जात सहित निबेदन बुझाएका थिए ।
श्री खगेन्द्र प्राथामिक बिद्यालयमा रहेको यो अवस्था देखेर आवाश्यक प्रक्रिया पुगेपछि नेपाल ग्रामिण पुनर्निर्माण संस्था आर आर एन ले आधारभुत सर्भेक्षण पश्चात कुल लागत रु ९,५१,३४८ ।९६ बराबरको दुई कोठे भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरिदियो ।

 बिद्यालय भाडामा नभई अब आफ्नै भवनमा संचालन भएको छ । बिद्यालय भवन निर्माण भएपछि भवनको भाडा तिर्नबाट मुक्त भएको छ । यता पठन पाठनकोलागी आफ्नै भवन हुदा पठनपाठनमा सहजता तथा बिद्यार्थिको नियमित आगमन का साथै बिद्यार्थि भर्नामा बृद्धि भएको छ । हाल उक्त बिद्यालयमा छात्रा ४७  छात्र४४ गरी जम्मा ९१ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन । बिद्यार्थी संख्या २९ जना बृद्धि भएको प्रद्यानाध्यापक प्रबिन कुमार वलीले जानकारी दिनुभयो ।
“पहिले बिद्यालय टाढा भएकोले नानीहरु बिद्यालय पठाउन डराउथिउ, नानीहरु पठाउन आफै गए मात्र पठाइन्थ्यो, नत्र घरमा नै बसाउथिउ भाडाको भवन अलि अप्ठेरो ठाउमा हुदा बच्चा लोट्ने डर लागी रहन्थ्यो तर अहिले बिद्यालयको आफ्नै जग्गा तथा खुल्ला मैदानमा भवन निर्माण भएपछि हामिलाई सजिलो महसुस भएको छ । नानीहरु पठाउन जानु पर्दैन हामिलाई समयको बचत साथै अन्य काम गर्न सहयोग मिलेको छ ।” आफ्नै आखाको अगाडि नानीहरुलाई  पढिरहेको देख्दा खुसि लागेको कुरा स्थानिय महिला बिमला वली बताउनु हुन्छ ।
बिद्यालय निर्माण पश्चात अनुगमनको क्रममा खगेन्द्र प्राथामिक बिद्यालय जिनावाङ्गमा पुग्नुभएका स्थानिय बिकाश अधिकारी श्री हिरालाल रेग्मीले उक्त बिद्यालय भवनको उद्घाटन मन्तब्य ब्यक्त गर्दै बिद्यालय निर्माणमा आर आर एन रोल्पा र समुदाय को सक्रियताको उच्च प्रशंसा गर्दै बिद्यालयमा आवश्यक फर्निचर तथा पुस्तक खरिदकालागी एक लाख रुपैया जिल्ला बिकास समितिका तर्फ बाट उपलब्ध गरानुभयो ।
                                                                 
                                                             टेकम वली
सामाजिक परिचालक
आर.आर.एन. रोल्पा

1 comments: