Breaking News
Loading...
Saturday, October 26, 2013


">
जिनावाङ्ग कार्तिक ३ सृजनशिल नवयूवा प्रतिभा क्लब जिनावाङ्ग रोल्पाको छैटौ साधारण सभा तथा तेसो्र बिषेश साधारणसभा सम्पन्न भएको छ साधारण सभा बाट  सृजनशिल नवयूवा प्रतिभा क्लब नयाँ कार्य समिति पनि चयन गरिएको थियो । जसको अध्यक्षमा पुनः भरत के.सि र्निबिरोध निर्वाचित हुनुभएको छ । त्यसैगरि उपाध्यक्षमा लालबहादुर के.सी सचिब टेकम बिवश वली सह सचिब हिरा कुमारी के.सी.,कोषाध्यक्षमा बिमल के.सी. सदस्यहरुमा राम बहादुर पुन, गोडे कामी, अमृता कुमारी के.सी वली, पाण्डप वली , रबिनकुमार वली , डन्डी के.सी निर्बिरोध र्निवाचित हुनु भएको छ । साधारण सभामा सृजनशिल नवयूवा प्रतिभा क्लब जिनावाङ्ग रोल्पाले बर्ष भरी गरेका कामको समिक्षा साथै आगामी दिनमा गरिने कामको बारेमा छलफल गरिएको थियो ।
साधारण सभा उद्घाटन भरत के.सी को सभापतित्वमा संचालित कार्यक्रमा प्रमुख अथिति पूर्ब खेलकुद मन्त्री ओनसरी घर्तिमगर रहनु भएको थियो । उदघाटन सत्रमा बोल्दै  प्रमुख अथिति रहनु भएकी पूर्ब खेलकुद मन्त्री ओनसरी घर्तिमगरले समाज निर्माणमा युवाहरुको ठुलो हात रहने भएको हुदा युवा क्लब मार्फत गाबिस र जिल्ला परिवर्तनमा लागिपर्न युवाहरुलाइ आग्रह समेत गर्नु भएको थियो । जिल्लाको समग्र बिकासमा आफु पूर्ब सभासद हुदा धेरै काम गर्न खोजे पनि आफ्नो सरकारले पूर्ण बजेट ल्याउन नपाउदा  भनेजति काम गर्न नसकेको बताउनु भयो । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुमा बिरबहादुर के.सी अप्राजय, नबिन खड्का र हिरालाल वली लगाएत बोल्नु भएको थियो । भगवति कुमारी वली को स्वागत मन्तब्य बाट सरु भएको  कार्यक्रमकोे संचालन टेकम बिवश वलीले गर्नुभएको थियो ।

0 comments:

Post a Comment