Breaking News
Loading...
Sunday, January 5, 2014

Info Post
स्वास्थ्य उपचारमा हुने खर्चको हिसाब 
हाम्रोजस्तो अल्पविकसित देशमा जनताको कुल आम्दानीको ठूलो हिस्सा स्वास्थ्य उपचारमा खर्च हुने गरको कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । यसरी स्वास्थ्य उपचारमा हुने खर्चमध्ये करिब ८० प्रतिशत खर्च दुषित पानी तथा सरसफाइको कमीका कारणबाट उत्पन्न हुने रोगको उपचारमा खर्च हुने गरको छ । सम्बन्धित समुदायबाट वार्षिक कति जति रकम स्वास्थ्य उपचारको नाममा गाउँबाट बाहिर गइरहेको रहेछ भन्ने कुराको हिसाब गरेर देखाउन सकिन्छ । उदाहरणका लागि ः
कुनै गाउँमा प्रतिघर सरदर ६ जना सदस्य भएका ५० घरहरु रहेछने । प्रत्येक घरमा हरेक वर्ष सरदर चार जना बिमारी हुने गरेका रहेछन् । समुदायलाई बढीजसो लाग्ने रोगहरु के के हुन? भनेर सोधी प्राथमिकता आधारमा लेख्दै जानुहोसे । धेरैजसो रोगहरु सफा पानी र उचित सरसफाईको अभावले लाग्ने गरेको पाइएको छ ।
अब प्रत्येक व्यक्तिको उपचारमा एक पटकमा सरदर कति रकम खर्च गर्ने गरिन्छ भन्ने प्रश्न गरेर हिसाब गर्दै जानुहोस । समुदायले खर्चको अनुमान गर्दै जानेछन् । जस्तो ः एक जनाको उपचारका लागि सरदर पाँच सय रुपैयाँ खर्च हुने गरेको रहेछ भन्ने ५० घरमा चार जनाका दरले बिमारी हुँदा, जम्मा बिमारी संख्या दुई सय जनाको उपचार खर्च २०० ह ५०० . एक लाख रुपैयाँ हुन आउँछ । अन्त्यमा सरसफाइसम्बन्धी आनीबानीमा परिवर्तन गरेका खण्डमा यस्ता रोगहरुको धेरै हदसम्म रोकथाम भई उपचारमा लाग्ने खर्च जोगिन्छ भन्ने कुरा समुदायलाई बनाउनुहोस् ।

0 comments:

Post a Comment